(नेपाली ४२२) _ सूचना_आन्तरिक परिक्षा मूल्यांकन सम्बन्धी

 

01-कविता (४२२)-

  • धृतराष्ट्र खण्डकाव्य (घनश्याम कँडेल),
  • अर्धनारीश्वर खण्डकाव्य ( डा. बासुदेव त्रिपाठी), 
  • हिमाल आरोहण माग्छ (मोहन कोइराला, लामो कविता)
  • महाकाव्यको परिभाषा, परिचय
  • महाकाव्यका पूर्वीय मान्यता (आचार्य  भामह , रुदट, दण्डी , विश्वनाथ)
  • महाकाव्यका पाश्चात्य मान्यता
महाकाव्यका तत्व 
१. कथावस्तु= विषयवस्तु                         
२. पात्र 
३. परिवेश                                             
४. भाषाशैली 
५. शिर्षक                                              
६. लय विधान 
७ उद्देश्य =मूल भाव                               
८. विम्ब, प्रतिक, रस, अलंकार 
९. संरचना
  • सुलोचना महाकाव्य -लक्ष्मी प्रसाद देवकोटा  
  • पात्र : शत्रुमर्दन सिहं, मखना , चण्डमर्दन , तिमिरमर्दन , वासुदेव, अनङ्गनाथ खत्री ( जैमाने) , सुलोचना, प्रतापसिंह , कर्णेलनी, बिक्रमसिंह , बिजुली, माने ( नोकर), ज्वानु ज्यापु
  • पञ्चमदश सर्ग 

  • मकवानी-बाला उमानाथ शास्त्री सिन्धुलीय
  • पात्र : पृथ्वीनारायण शाह , इन्द्रकुमारी, नरभूपाल शाह, हेमकर्ण सेन, दिग्बन्धन सेन,
  • तेइसौ सर्ग

नोट: महाकाव्य मकवानीवाला सकेपछि पाठ्यक्रमबाट ३  वटा प्रश्नको १ घण्टाको जाँच लिईनेछ  | ( समय : १ घण्टा, ८.२५ -९.३० बजे)
आन्तरिक परीक्षा मूल्याङ्कन

02-नाटक (४२१)-

१. नाटकको परिचय          २. नाटकको स्वरूप
३. नाटकको परिभाषा        ४. नेपाली नाटकको विकासक्रम
    1. प्राथमिककाल (वि.सं. १८५५-१९४१)
    2. माध्यमिककाल (वि.सं. १९४२-१९८५) - [पूर्वाद्ध चरण (वि.सं१९४१-१९६१) र उत्तरार्ध चरण (वि.सं.१९६१-१९८५)
    3. आधुनिककाल (वि.सं. १९८६ -हालसम्म )
१. प्रथम चरण (वि.सं. १९८६-२००२)           
२. द्वितीय चरण (वि.सं. २००३-२०१२)
३. तृतीय चरण   (वि.सं. २०१३-२०३५)         
४. चतुर्थ चरण (वि.सं.२०३६ -हालसम्म)
  • नाटक र एकाङ्कीमा भिन्नता 
  • बालकृष्ण समका नाट्ययात्रा 
१. प्रथम चरण            २. द्वितीय चरण
३. तृतीय चरण            ४. चतुर्थ चरण
  • अन्धवेग -बालकृष्ण सम 
  • पात्र: गरुडध्वज, पम्फा, जयवीर, मुगा, बैकुण्ठमान, चतुरे, भानु, चिन्जी ,
  • मसान- गोपाल प्रसाद रिमाल 
  • पात्र: कृष्ण, युवती (हेलेन), दुलही , ससुरा, सासु, भोटे, बागमती , दुइ नोकरहरु 
  • मानिस र मखुण्डो -विजय मल्ल 
  • पात्र: सरिता, उषा, मनमोहन, श्याम, आमा, रत्नदास साहू, राजु ,

नोट: आन्तरिक परीक्षा मूल्याङ्कनको लागि परिक्षा भदौ १० गते लिईनेछ |

कक्षामा लिइएको परिक्षा 
२०८०/४/२१ प्रश्न -मानिस र मुकुण्डो नाटक पुस्तान्तरणमा पाइएको भिन्नता बारे उल्लेख छलफल गर्नुहोस् |
२०८०/०४/१२ प्रश्न -मसान नाटककी हेलेनले (युवती) किन विद्रोह गरिन?
२०८०/०४/०१ प्रश्न - आधुनिक नेपाली नाटकको चौथो चरणको प्रवृति र विशेषता लेख्नुहोस् |
२०८०/०२/१९ प्रश्न - क्रान्तिको पृष्ठभूमि एकाङ्की कुन परिवेशमा लेखिएको हो ?
२०८०/०२/१२ प्रश्न -गंगालालको चिता इतिहासको कुन कालखण्डमा लेखिएको एकाङ्की  हो ?
२०८०/०२/१२ प्रश्न -साँढे  एकाङ्कीमा तत्कालिन समाजको कस्तो चित्रण छ ?
२०८०/०१/१२ प्रश्न - सावित्रीको बाख्रो कथाकी सावित्रीको चरित्र कस्तो छ?चत्रित्र 
२०८०/०१/०८ प्रश्न - फेवाको सुस्केरा कथामा प्रकृति दोहनले निम्त्याएको समस्या  कस्ता छन् ?
२०८०/०१/०४ प्रश्न - मदेशतिर कथामा विधवामा द्वन्द्व बढ्नुको कारण के हो ?
२०८०/०१/०३ प्रश्न - मार्‍यो  च्याङ्वा  मार्‍यो  असिनामा  पार्‍यो  कथामा कस्तो समाजको चित्रण गरिएको छ ?
२०७९/१२/२४  प्रश्न - लोग्ने कथामा तत्कालिन समाजको कस्तो चित्रण छ ?
२०७९/१०/१९  प्रश्न - शहिद कथाको वीरवहादुर कस्तो  चरित्र भएको पात्र हो ?

आधुनिक नेपाली कविता-काव्य (नेपाली:४२२)
TU Examination Paper 2079

१. कुनै दुई प्रश्नको विवेचनात्मक उत्तर दिनुहोस् : २x१५=३०
क) आधुनिक नेपाली खण्डकाव्यको विकासप्रक्रियामा देखापरेका प्रमुख धाराहरू उल्लेख गरी तिनका मुख्य मुख्य प्रवृत्तिहरूको विवेचना गर्नुहोस् ।
ख) हिमाल आरोहण माग्छ' लामो कवितामा अभिव्यक्त विषयवस्तुको समीक्षा) गर्नुहोस् । 
ग) भूपि शेरचनको 'घुम्ने मेचमाथि अन्धो मान्छे' कविताको विषयवस्तु र कलात्मक विशेषताहरूबारे विवेचना गर्नुहोस् ।
२. तलका कुनै चार प्रश्नको सङ्क्षिप्त उत्तर दिनुहोस् : ४×१०=४०
क) 'कुञ्जिनी' खण्डकाव्यका आधारमा लक्ष्मीप्रसाद देवकोटाका के-कस्ता खण्डकाव्यगत प्रवृत्ति देखिन्छन् ?
ख) आधुनिक नेपाली कविताको प्रयोगवादी धाराका मुख्य प्रवृत्ति केकस्ता छन् ?
ग) सिद्धिचरण श्रेष्ठको 'मेरो प्रतिबिम्ब' कविताको मुख्य विशेषता के रहेको छ ?
घ) 'सुलोचना' महाकाव्यमा केकस्तो सामाजिकता पाइन्छ ?
ङ) बालकृष्ण समको 'मृत्युपछिको अभिव्यन्जन' कविताले केकस्तो जीवनदर्शन प्रस्तुत गरेको छ ?
च) युद्धप्रसाद मिश्रको 'ज्वालामुखीको शिखा' कवितामा केकस्ता शैलीगत विशेषता पाइन्छन् ?

आधुनिक नेपाली कथा, उपन्यास र नाटक (नेपाली:४२१ )
TU Examination Paper 2079

१. कुनै दुई प्रश्नको विवेचनात्मक उत्तर दिनुहोस् : (२x१५=३०)
क) आधुनिक नेपाली कथा परम्परामा रमेश विकलको स्थान निर्धारण गर्दै ‘फुटपाथ' मिनिस्टर्स कथाका आधारमा उनका कथाप्रवृत्तिको विवेचना गर्नुहोस् ।
ख) आधुनिक नेपाली उपन्यासको विकासप्रक्रियाका प्रमुख चरण र तिनका प्रवृत्तिको विवेचना गर्नुहोस् ।
ग) बालकृष्ण समको ‘अन्धवेग' नाटकमा पाइने द्वन्द्वको समीक्षा गर्नुहोस ।

२. कुनै चार प्रश्नको सङ्क्षिप्त उत्तर दिनुहोस् : (४x१०=४०)
क) गोविन्दबहादुर मल्ल 'गोठाले' को 'मैले सरिताको हत्या गरे' कथामा केकस्तो मनोविज्ञान पाइन्छ ?
ख) पारिजातको 'सिटीहलको बुढो ज्यामी' कथामा केकस्तो विचार प्रस्तुत गरिएको छ ? 
ग) लैनसिंह बाङ्देलको 'मुलुक बाहिर' उपन्यासमा रने र माहिला भुजेल कस्ता पात्र हुन् ?
(घ) विश्वेश्वरप्रसाद कोइरालको 'तीन घुम्ती' उपन्यासमा इन्द्रमायाका जीवनमा आएका तीनओटा घुम्ती केके हुन् ?
(ङ) गोपालप्रसाद रिमालको 'सान' नाटकमा नारीसमस्यालाई केकस्तो रूपमा देखाइएको छ ?
च) भीमनिधि तिवारीको 'साँढे' लघुनाटकमा केकस्तो व्यङ्ग्य गरिएको छ?



Comments

Popular posts from this blog

सूचना- आधुनिक नेपाली निबन्ध विषयको मूल्याङ्कन सम्बन्ध