2-अन्धवेग

 सन्दर्भ सामग्री: समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक - साहित्य सङ्ग्रहालयसाहित्य सङ्ग्रहालय (sahityasangraha.com) -अशोक थापा 



कथानक

  • सामाजिक विषयवस्तुको अन्धवेग नाटकको कथानक पात्र गरुडध्वज र पम्फाको पारिवारिक स्थितिमा भानिज भाइ जयवीरको उपस्थितिबाट प्रारम्भ हुन्छ। 
  • पम्फाभित्रको कामुक चेतना जयवीरलाई देख्नासाथ उम्लेर आउँदै गरेको परिस्थिति नाटकको सुरुवातमै हुन्छ। 
  • पम्फाले टिपिक्क परेको चोलो लगाउँदै दमैलाई हकार्दै गरेको स्थिति पनि नाटकमा देखिन्छ। 
  • जयवीर पम्फा प्रति आकर्षित हुँदै जानु र आफन्तमा यस्तो अनैतिक कार्य राम्रो नहुने भन्दै पात्र मुगा र बैकुण्ठमानले सम्झाउदै गरेको घटनाबाट यस नाटकको कथानकको विकास हुन्छ। 
  • जयवीरले चेतन मनले भाउजू प्रति  कुदृष्टि  लगाउन नहुने कुरा बोध गरे पनि वास्तविक जीवनमा पम्फाबाट टाढा रहन नसक्नु र गरुडध्वजले आफ्नी श्रीमती पम्फालाई देवरसँग लहसिने श्रीमतीलाई सम्झाउन नसक्ने स्थितिमा नाटकको कथानकले विकसित रूप लिन्छ। 
  • यतिमात्र नभएर एकादशीका दिन पशुपति जाँदै गरेको घटनाले नाटकको विकसित रूपको सङ्केत गर्छ ।
  •  पम्फा, जयवीर र मुगालाई लिएर पशुपति दर्शनका लागि जानु, बाटैबाट पम्फा पशुपति नगएर मुगालाई एक्लै पशुपति जान लगाउनु र आफू बैकुण्ठको कोठामा फर्केर जयवीरसँग यौन लिप्सामा बस्ने दुर्नियतले नाटकले गति लिन्छ। 
  • बैकुण्ठको कोठामा पम्फा र जयवीर ढोका लाएर बस्रु र सोही समयमा गरुडध्वज बैकुण्ठको कोठामा आइपुग्नु र आक्रोशित बन्दै जयवीरलाई चापीले प्रहार गरी मार्नु, गरुडध्वज स्वयंले पनि आत्महत्या गर्नु र पम्फा पनि दुर्घटनामा परेर मर्नु यस यस नाटकको कथानकको अन्त्य तथा समाप्ति हो।
  • यसरी यस नाटकमा प्रमुख तीन पात्रको मृत्युसहित नाटकको समाप्ति हुनाले यो दु:खान्त नाटक बन्न पुगेको छ।

Comments

Popular posts from this blog

सूचना- आधुनिक नेपाली निबन्ध विषयको मूल्याङ्कन सम्बन्ध